गठबन्धनबाट बनेको सरकार जुनसुकै बेला परिवर्तन हुन सक्छ : पृथ्वीसुब्बा गुरुङ

३० जेठ, कास्की ।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बदलाको भावमा सरकार परिवर्तन गरिएको बताएका छन् ।

मुख्यमन्त्री निवासमा पत्रकारसँग कुरा गर्दै गुरुङले कोरोनाको महामारीमा सत्ता परिवर्तन र केन्द्रीय राजनीति प्रदेशमा केन्द्रित हुनु गलत भएको बताए ।

मुख्यमन्त्री भएपछि केन्द्रमा महत्त्वपूर्ण काममा बाहेक अघिपछि समय दिन नसकिएको भन्दै उनले अब पार्टीलाई सङ्कटबाट जोगाउने समय आएको बताए ।

यस्तै उनले गठबन्धनबाट बनाइएको सरकार जुनसुकै बेला पनि परिवर्तन हुन सक्ने भन्दै राजनीतिक नेताको कुण्ठाको कारण एमाले सरकार विस्थापित हुन पुगेको बताए ।

यस्तै उनले प्रदेश सङ्घीयताको अभ्यास भएकाले पहिलो कार्यकाल पाँच वर्ष नै बिताउनुपर्ने भएकाले संसद् विघटन गर्ने आफ्नो कुनै योजना नरहेको स्मरण गराए ।

सङ्घीयता बलियो बनाउनुपर्छ भनेर सङ्घ सरकार र आफ्नै पार्टीका नेतासँग लड्ने मान्छे आफू रहेको भन्दै उनले आफूले विश्वासको मत प्राप्त गर्न नसकेको र आफ्नै स्वार्थका लागि संसद् विघटन गर्न पनि नसक्ने प्रष्ट पारे ।

सङ्घीयतामाथि चारैतिरबाट आक्रमण भइरहेको भन्दै उनले सङ्घीयता बलियो बनाउने पक्षमा आफू सधैँ सरकारको पक्षमा उभिने बताएका हुन् ।

यस्तै गुरुङले मुख्यमन्त्री पोखरेललाई सङ्घीयताको मर्मअनुसार काम गर्न सुझावसमेत दिएका छन् । हरेक नियुक्ति मापदण्डअनुसार नै गरेको भन्दै उनले लक्ष्यअनुसार काम गर्न सके पाँच वर्षभित्र ठूलो परिवर्तन गर्न सकिने बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top