मास्क नलगाइ मोटरसाइकल र्‍यालीमा जाने ब्राजिलका राष्ट्रपतिलाई जरिबाना

३० जेठ, एजेन्सी ।

कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी गरिएको नियम उल्लङ्घन गरेको भन्दै ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई जरिबाना भएको छ ।

साओ पाउलो राज्यले बोलसोनारोलाई झन्डै एक सय १० अमेरिकी डलर जरिबाना तिराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन् ।

शनिवार (हिजो) साओ पाउलोमा मोटरसाइकल ¥यालीमा पुगेका राष्ट्रपति बोलसोनारोले मास्क नलगाएको र मास्क नलगाइ नागरिकसँग घुलमिल गरेको भन्दै जरिबाना तिराएको त्यहाँको सरकारले जनाएको छ ।

¥यालीमा उनले कोरोनाविरुद्धको खोप लगाइसकेकालाई मास्क लगाउनु नपर्ने निर्णय गर्नेबारे विचार गरिरहेको बताएका थिए । उनले भने , ‘जसले यसको विरोध गर्दछ, उसले विज्ञानमा विश्वास गर्दैन । कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट अर्को व्यक्तिमा कोरोनाको सङ्क्रमण हुँदैन ।’

साओ पाउलो सरकारले राष्ट्रपति बोलसोनारोसहित पूर्वाधार (इन्फ्रास्ट्रक्चर) मन्त्रीलाई पनि मास्क नलगाएको भन्दै जरिबाना तिराएको छ । मोटरसाइकल ¥यालीअघि साउ पाउलो राज्यका गर्भनर जोआओ डोरियाले कोरोनाविरुद्ध बनाइएको नियम नमान्नेलाई कारबाही हुने बताएका थिए ।

ब्राजिलमा अहिलेसम्म १२ प्रतिशतले कोरोनाविरुद्धको खोपको दोस्रो डोज पाइसकेका छन् । ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म एक करोड ७३ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् भने चार लाख ८६ हजारभन्दा धेरैको ज्यान गएको छ ।

राष्ट्रपति बोलसोनारोमाथि कोरोना रोकथामका लागि गम्भीर नभएको आरोप लाग्दै आएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top