भारतमा २५ करोडभन्दा बढीले कोरोना विरुद्धको खोप लगाए

३० जेठ, एजेन्सी ।

भारतमा कोरोनाभाइरसका ८० हजार ८३४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमित पछिल्लो ७१ दिन यताकै सबैभन्दा कम हो ।

नयाँ थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ९४ लाख ३९ हजार ९८९ पुगेको छ । भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या दैनिक रुपमा कम हुँदै गएको छ ।

हाल दश लाख २६ हजार १५९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्यामा ५४ हजारले कमी आएको छ ।

दैनिक सङ्क्रमण दर हाल ४.२५ प्रतिशत छ । प्रति एक सय नमुना परीक्षण गर्दा ४.२५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ३०३ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म तीन लाख ७० हजार ३८४ सङ्क्रमितले ज्यान गुमाएका छन् ।

पछिल्लो चौबीस घण्टामा एक लाख ३२ हजार ६२ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ८० लाख ४३ हजार ४४६ सङ्क्रमित निको भएका छन् । निको हुने दर ९५.२६ प्रतिशत पुगेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार हालसम्म २५ करोड ३१ लख ९५ हजार ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top