नेतान्याहु इजरायली प्रधानमन्त्रीबाट पदमुक्त

३१ जेठ, एजेन्सी ।

Advertisement

इजरायलको सत्ताबाट बेन्जामिन नेतान्याहु बाहिरीएका छन् । इजरायली संसदमा नयाँ गठबन्धन सरकारको पक्षमा बहुमत पुगेसँगै १२ वर्षदेखि लगातार प्रधानमन्त्री रहनुभएका नेतान्याहु बाहिरिएका हुन् ।

एक सय २० सदस्यीय संसदमा आफूसहित ६१ प्रतिनिधिको साथ पाएका विपक्षी गठबन्धनका नेता नेफ्टाली बेनेट इजरायलको प्रधानमन्त्री बबनेका थिए । नेतान्याहुले ५९ मत प्राप्त गरे ।  पाँच पटक इजरायलको प्रधानमन्त्री बनेका नेतान्याहु पछिल्लो पटक सन् २००९ देखि लगातार प्रधानमन्त्री थिए ।

Advertisement

विपक्षी गठबन्धनको सहमतिअनुसार दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट र येश यटिड पार्टीका नेता येर लेपिडले आलोपालो सरकारको नेतृत्व गर्नेछन् । बेनेट सन् २०२३ सम्म प्रधानमन्त्री बन्ने छन भने मध्यमार्गी येश एटिड पार्टीका नेता लेपिडले सन् २०२३ को अगस्टदेखि सरकारको नेतृत्व गर्ने छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top