जसपा विवादः डा. भट्टराईले उठाए निर्वाचन आयोगको भूमिकामाथि प्रश्न

३१ जेठ, काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत भट्टराईले जसपाका दुवै पक्षले गरेका कारबाहीका निर्णयलाई आयोगले अमान्य भनेपछि गम्भीर चिन्ता प्रकट गरेका हुन् । यसक्रममा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जोडेर वादी र प्रतिवादी वादी मिलेर बस्नु पर्ने फैसला आएकामा असन्तुष्टि जनाएका छन् ।

‘खड्गप्रसाद एण्ड कम्पनीको नयकका विधिशास्त्रः कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू ! चोरलाई पनि मैले चोरेको हैन,उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू।मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्,मिलेर बस्नू भन्ने फैसला गर्नू! वाह!’ उनले भनेका छन् ।

जसपाका एक अध्यक्ष महन्थ ठाकुरको पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षले एकअर्कालाई गरेको कारबाही आयोगमा पुगेको थियो । त्यसमा आइतबार आयोगले दुबै पक्षले एक अर्कालाई गरेको कारवाही कानूनसम्मत नरहेको र पुरानै पदाधिकारी कायम रहने फैसला गरेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top