गण्डकीमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी, अघिल्लो सरकारकै कार्यक्रमलाई निरन्तरता

३० जेठ ७८, सोमबार

३१ जेठ, काठमाडौं ।

गण्डकी प्रदेशमा आज आउँदो आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

शनिवार मात्रै नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएको गण्डकीमा यसअघिकै सरकारले बनाएको नीति तथा कार्यक्रममा सामान्य परिवर्तन मात्रै गरेर पेस गर्ने तयारी भएको हो ।

बिहान ११ बजे प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर नीति तथा कार्यक्रमबारे टुङ्गो लगाउने र दिउँसो ३ बजेको लागि डाकिएको संसद बैठकमा पेस गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले कोरोना महामारी नियन्त्रण र स्थानीय पूर्वाधारलाई ध्यान दिएर नीति तथा कार्यक्रम र बजेट तयार गरेको थियो ।

त्यही कार्यक्रम यो सरकारले सभामा पेस गर्ने तयारी गरेको हो । प्रदेश सरकारले भोलि नै बजेट प्रस्तुत गर्ने तयारी पनि गरिरहेको छ ।

चालु वर्षका लागि ३४ अर्ब ८४ करोडको बजेट विनियोजन भएकोमा आउँदो आर्थिक वर्षको लागि पनि यही रकम हाराहारीकै बजेट ल्याउने तयारी भइरहेको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top