तुलसीपुरका दुई अस्पतालद्वारा राहतमूलक कार्यक्रम सञ्चालन

३० जेठ ७८, सोमबार

३१ जेठ, दाङ ।

दाङको तुलसीपुरका दुई सरकारी अस्पतालले स्थानीय बासिन्दालाई राहतमूलक कार्यक्रम सुरु गरेका छन् ।

राप्ती प्रादेशिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरिएको छ भने प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा नाम दर्ता निःशुल्क हुनेछ । यसअघि नाम दर्ताको २० रुपैयाँ लाग्दै आएको थियो ।

प्रादेशिक अस्पताल तुलसीपुरमा सामाजिक सेवा कार्यक्रम सञ्चालनमा आएपछि सरकारले तोकेका लक्षित समूहले एक वर्षसम्म एक लाख रुपैयाँ बराबरको औषधि उपचार निःशुल्क गर्न पाउने छन् ।

पहिलो पटक लक्षित समूहले आकस्मिक अवस्थामा पाँच हजार, ओपीडीमा दुई हजार पाँच सय र भर्ना भएमा १० हजार रुपैयाँसम्मको औषधि उपचार निःशुल्क पाउने अस्पतालले जनाएको छ ।

बिरामीले एकै पटकमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार गर्न भने नपाउने सामाजिक एकाइ समितिका प्रमुख हिमा पौडेलले जानकारी दिए ।

उनका अनुसार सेवा पाउने लक्षित समूहमा गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसापीडित तथा पीडित बालबालिका, महिला स्वास्थ्य स्वयंसेविका, विपद् एवम प्राकृतिक प्रकोप भूकम्प बाढीपहिरो र आगलागीबाट पीडित, सहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी र सीमान्तकृत तथा लोपोन्मुख, आदिवासी जनजाति हुनुपर्नेछ ।

परिचयपत्र नभएकाले भने यो सुविधा पाउने छैनन् । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले चार वर्षअघि उठाएको विषय अहिले पूरा भएको बताएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top