राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला, उत्कृष्टले १ लाख पाउने

३० जेठ ७८, सोमबार

३१ जेठ, काठमाडौँ ।

नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला गरेको छ ।

क्यान र एमएसटीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएका हुन् । डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडी र पछाडीको भाग दुबैलाई ध्यानमा राखेर डिजाइन गर्नुपर्ने हुन्छ ।

डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्न पर्ने हुन्छ ।

डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्न पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को नियम अनुसार नै डिजाइन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । उत्कृष्ट डिजाइन बनाउनेले पुरस्कार स्वरुप नगद एक लाख रुपैयाँ पाउने छ ।

जर्सीको डिजाइन यही जुन १७ तारिखसम्म क्यानको अफिसियल इमेल ष्लाय२अचष्अपभतलभउब.ियचन मा पठाउनुपर्नेछ । छनोट समितिमा क्यानकोतर्फ दुई जना र एडप्याड को तर्फबाट एक जना सम्मिलित हुने छन्।

नेपालले जुलाईमा विश्वकप लिग २ अन्तर्गत स्पेनमा आयोजना हुने स्कटल्याण्ड र नामिबियासँग प्रतिस्पर्धा गर्दै छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top