बहराइनले नेपाली नागरिकका लागि नयाँ ‘वर्क परमिट’ जारी नगर्ने

३१ जेठ, एजेन्सी ।

Advertisement

बहराइनले तत्काललाई नेपालसहित अन्य ‘रेड लिस्ट’मा रहेका देशबाट श्रमिक नलिने भएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै बहराइनले नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र भियतनामका नागरिकलाई तत्काललाई नयाँ ‘वर्क परमिट’ नदिने जनाएको हो । नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि बहराइनले २४ मेदेखि ‘रेड लिस्ट’मा राखेको हो ।

Advertisement

यस्तै भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशलाई पनि नेपालसँगै बहराइनले ‘रेड लिस्ट’मा राखेको थियो । तर यो नियम केही समयमा लागि मात्रै हो । कोरोना सङ्क्रमण घटेसँगै बहराइनले फेरि अर्को सूचना जारी गर्ने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top