उपत्यकामा थपिएको निषेधाज्ञा आजबाट खुकुलोः के-के खोल्न पाइने, के नपाइने ?

१ असार, काठमाडौँ ।

काठमाडौं उपत्यकामा केही सेवामा सहजीकरण गर्दै एक साता थपिएको निषेधाज्ञा आजबाट लागू भएको छ।

उपत्यकाभित्र कोरोना संक्रमितको दर घटेपनि जोखिमदर उच्च नै भएको निष्कर्ष निकाल्दै उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको थियो ।

यसपालिको आदेशमा अत्यावश्यक खाद्य सामग्री खरीद÷विक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ । यसअघि ९ बजेसम्मका लागि मात्रै खुला थियो ।

तरकारी, फलफूल, खाद्यान्न, दूध, डेरीजन्य परिकार, मासु, खानेपानी, ग्यास पसल, किराना, डिपार्टमेन्टल स्टोर्स (ग्रोसरी मात्र) खुला हुनेछ । स्थानीय ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

यसपटकको आदेशमा पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ । विगतमा पुस्तक पसल खोल्न दिइएको थिएन । विकास निर्माणजन्य सामग्री पसल (छड, सिमेन्ट, विद्युत्, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि मात्रै सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति मात्र गर्न पाइने छ ।

अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अबे सेवा होम डेलिभरीका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सवारी साधनका मर्मत सेन्टर राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

कृषि कार्यका लागि भने सहजीकरण गरिएको छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको प्रयोग गरी कृषि कार्य गर्न सक्ने र त्यसका लागि आवश्यक मल, बीऊ, कृषि औजारका सामग्रीको सहज ढुवानी गर्न सकिने आदेशमा उल्लेख छ ।

यस्तै अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माण कार्यका लागि स्वास्थ्यको मापदण्ड पालना गरी आवासीय रुपमा कामदार राखेर सञ्चालन गर्न सकिनेछ । निर्माण सामग्रीको ढुवानी भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र गर्न पाइने छ । शैक्षिक संस्थाहरुले अनलाइनमार्फत पठनपाठन गराउन सक्नेछन् ।

नेपाल राष्ट्र बैँकले तोकेको मापदण्ड पालना गरी बैँक तथा वित्तीय संस्थाले सिमित सङ्ख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्न सक्ने गरी खुकुलो बनाइएको छ । यसअघि सिमित कार्यालय मात्रै खोल्न पाइने थियो ।

बीमा समिति, बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी २० प्रतिशत जनशक्ति राखेर सञ्चालन गर्न सक्नेछन् । सहकारी संस्था र रेमिट साताको आइतबार र बिहीबार सञ्चालन गर्न दिइनेछ ।

यसैगरी अन्य भिडभाडका गतिविधिमा भने पूर्ण रोक लगाइएको र बाँकी कुरामा यसअघिको आदेशमा उल्लेख भए अनुसार हुने जनाइएको छ । अत्यावश्यक र पासबाहक बाहेकका सवारीसाधन असार ७ गते राति १२ बजेसम्मका लागि सञ्चालनमा रोक लगाइएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top