विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड ऋण सहायता दिने

३ असार, काठमाडौं ।

विश्व बैंकले नेपाललाई कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित समस्याको पुनर्उत्थानका लागि १७ अर्ब ७८ करोड रुपैयाँ ऋण सहायता दिने भएको छ ।

नेपाल, श्रीलङ्का र माल्दिभ्सका लागि बैंकका देशीय निर्देशक फारिस हदाद जारभोसले कोभिडबाट सिर्जित समस्या समाधानका लागि सहयोग गर्न बैंक तयार रहेको र यसबाट सामाजिक र आर्थिक अवस्था उकास्नका लागि सहज हुने बताएका छन् ।

कोभिड महामारीबाट सामाजिक एवम् आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसङ्ख्यालाई हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा तत्काल राहत उपलब्ध गराउनु बैंकको प्राथमिकता भएको उनको भनाइ छ ।

नेपालको आर्थिक वृद्धि, पुनरुत्थान र उत्थानशील वित्तीय नीति तथा कार्यक्रममा सघाउन यो रकम उपयोग हुनेछ । यस्तै कर तथा भन्सार प्रणाली, ऋण व्यवस्थापन, सार्वजनिक खर्च, सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण, हरित पुनरुत्थानका लागि नियामक आधार खडा गर्ने, संरचनागत व्यवधान हटाउन तथा पुँजीमा निजी क्षेत्रको पहुँच पु¥याउन सहयोग रकम परिचालन हुने पनि विश्व बैंकले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top