देश अमेरिकासँग वार्ता र सङ्घर्ष दुवैका लागि तयारः किम जोङ उन

४ असार, एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग वार्ता र सङ्घर्ष दुवैका लागि तयार रहनुपर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेपछि पहिलोपटक प्रतिक्रिया दिँदै नेता किमले देश अमेरिकासँग वार्ता र सङ्घर्ष दुवैका लागि तयार रहनुपर्ने बताएको बीबीसीले जनाएको छ ।

सत्तारुढ वकर्स पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकमा किमले देशको गौरवको रक्षा र स्वतन्त्रका लागि देश तयारी अवस्थामा रहने पनि बताएको खबरमा उल्लेख छ ।

उत्तर कोरियामा शान्तिपूर्ण वातावरण र सुरक्षाको प्रत्याभूतिका लागि अमेरिकासँग वार्ता र सङ्घर्ष दुवैका लागि तयार रहनु आवश्यक भएको किमको भनाइ छ ।

उत्तर कोरियाले अमेरिकासँगको सम्बन्धलाई पर्ख र हेरको रुपमा हेरेको भए पनि पछिल्लो समयमा खाद्य सङ्कट चरम बन्दै गएपछि किमले सङ्घर्ष नचाहेर सम्बन्ध सहज बनाउनतर्फ ध्यान दिएको बीबीसीले जनाएको छ ।

खाद्य अभावका कारण अहिले उत्तर कोरियामा एक किलो स्याउको मूल्य ४५ अमेरिकी डलरसम्म पुगेको बताइएको छ ।

परमाणु कार्यक्रमका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्ध र कोरोना भाइरस नियन्त्रणका लागि नाका बन्द गर्दा उत्तर कोरिया नराम्रोसँग सङ्कटमा फस्दै गएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top