बहराइनमा गैर कानुनी रूपमा कार्यरत श्रमिकलाई कोरोनाको खोप लगाउन दूतावासको अनुरोध

४ असार, एजेन्सी ।

Advertisement

बहराइनमा रहेको नेपाली दूतावासले गैर कानुनी रूपमा काम गरिरहनुभएका सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

बहराइन सरकारले उपलब्ध गराएको खोप लगाउन आवश्यक दर्ता गराउन असमर्थ गैर कानुनी रूपमा काम गरिरहेका नेपाली नागरिकलाई खोप लगाउन दूतावासले अनुरोध गरेको हो ।

Advertisement

दूतावाससँगको समन्वयमा बहराइनका विभिन्न स्थानमा खोप कार्यक्रम सञ्चालन हुने भन्दै दूतावासले खोप लगाउन अनलाइन दर्ता गर्न पनि अनुरोध गरेको छ । खोप लगाउनका लागि https:/bh.nepalembassy.gov.np/covid-19-vaccine/  मा दर्ता गर्न सकिन्छ ।

बहराइन सरकारले बहराइनी नागरिक सरह विदेशी नागरिकलाई पनि खोप उपलब्ध गराइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top