विश्व कप क्रिकेट लिग–२ को बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट

३ असार ७८, शुक्रबार

४ असार, काठमाडौं ।

Advertisement

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलाका लागि बन्द प्रशिक्षणमा खेलाडी छनोट भएका छन् ।

आउँदो जुलाईमा स्पेनमा हुने नेपाल, नामिबिया र स्कटल्यान्डबीचको प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले २० सदस्यीय टोलीको चयन गरेको हो ।

Advertisement

टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशन भारी, शरद भेषावकर, विक्रम सोव, पवन सर्राफ र पृथु बाँस्कोटा रहेका छन् । अब केही दिनमै प्रशिक्षण थालिने क्यानले जनाएको छ ।

स्कटल्यान्डमा हुने तालिका रहेको विश्व कप लिग–२ कोरोनाको महामारीपछि लगाइएको यात्रा प्रतिबन्धका कारण प्रभावित भएको थियो । लिग अन्तर्गत नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्यु गिनी र यूएईले नौ वटा शृङ्खला खेल्ने तालिका थियो । तर नेपालले जम्मा एउटा मात्रै शृङ्खला खेलेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top