राष्ट्रिय राजमार्गको १८ ठाउँमा सडक पूर्ण रूपमा बन्द

४ असार, काठमाडौं ।

अहिले देशका विभिन्न राष्ट्रिय राजमार्गको १८ ठाउँमा सडक पूर्ण रूपमा बन्द भएका छन् । मनसुन सुरु भएसँगै बाढी तथा पहिरोका कारण सडक राजमार्गहरू बन्द भएका ४२ ठाउँमध्ये १८ ठाउँमा अझै सडक पूर्ण रूपमा बन्द रहेका सडक विभागले जनाएको छ ।

१८ ठाउँमा एकतर्फी सडक खुलाइएको छ भने ६ ठाउँको अवरोध पूर्ण रूपमा हटेको विभागले जनाएको छ । पाँच दिनअघि बन्द भएको साँफेबगर–मार्तडी–कोल्टी सडकको बाजुरा बल्दे–अम्कोट खण्ड अझै बन्द छ । बाजुराकै हड्डेखोला–रिला बलेना सडक पनि बन्द छ ।

पाँच दिन अघिदेखि नै बन्द भएको डुम्रे–बेसीसहर–चामे सडक अन्तर्गत मनाङको तिमाङ–छहरा सडक पनि अझै खुलेको छैन । सिन्धुपाल्चोकको पाँचखाल–मेलम्ची–टिम्बु सडक गएको बुधवारदेखि पूर्ण रूपमा बन्द छ ।

अरनीको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोककै लिपिङ पुलमा बुधबारदेखि सडक बन्द छ । बझाङको कचालीमा खोड्पे–चैनपुर सडक, दैलेखको बान्द्रे, बझाङको तमैल, मनाङको तिमाल खोला, धारापानी र बगरछाप, डुम्रे–बेसीसहर–चामे सडक अन्तर्गत लमजुङको राम बजार, अर्खले, च्याम्चे, र घट्टे खोलामा सडक पूर्ण रूपमा बन्द रहेको छ ।

यस्तै भेरी करिडोर अन्तर्गत सुर्खेतमा, धुन्चे–स्याफ्रुबेसी सडक अन्तर्गत रसुवाको स्याफ्रुबेसीमा र मैलुङ–स्याफ्रुबेसी सडक अन्तर्गत रसुवाको त्रिशूली खोलामा सडक बन्द रहेको सडक विभागले जनाएको छ ।

पहिरो तथा बाढीले बन्द बनाएका अरू सडक भने कम्तीमा एकतर्फी खुलेका छन् । सडक विभागले अवरोध सिर्जना भएका र अवरोध हुने सम्भावित ठाउँमा पहिरो पन्छाउने मेसिनसहित जनशक्ति तयारी अवस्थामा राखेको जनाएको छ ।

सडक खुलेको भए पनि यस बेलाको यात्रा जोखिममा हुने भएकोले अत्यावश्यक काम नपरि यात्रा नगर्न र यात्रा गर्दा सचेत रहन सडक विभागले आग्रह गरेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top