एमालेका वरिष्ठ नेता खनालको स्वास्थ्यमा सुधार

५ असार, काठमाडौं ।

Advertisement

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।

एमाले नेता सुरेन्द्र पाण्डेले खनालको स्वास्थ्यमा सुधार आएको जानकारी दिए । पाण्डेले भने – ‘लगातार आइरहेको ज्वरो रोकिएको छ । स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको छ, डाक्टरको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ ।’

Advertisement

नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ । गएको जेठ ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचार गराइरहनुभएका खनाललाई गएको बुधवार दिल्ली लगिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top