‘फेरि नेतृत्व लिनुपर्ने स्थिति आयो, म फेरि लड्छु’

६ असार, काठमाडौं ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पुनः नेतृत्वमा प्रतिस्पर्धा गर्ने मनसाय व्यक्त गरेका छन्। आफ्नो निवासमा निकटका केही नेतालाई बोलाएर उनले यसबारे अवगत गराएका हुन्।

उनले प्रदेशस्थित अगुवा नेतासँग छलफल गर्ने र धारणा बुझ्ने अभियान सुरु गरेका छन्। देउवाले शनिबार प्रदेश १ र प्रदेश २ का नेतालाई छुट्टाछट्टै बूढानीलकण्ठ बोलाएका थिए। प्रदेश १ को छलफलमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनील थापा, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, भीष्मराज आङ्दम्बे, सीता गुरुङ, सुजता परियार, रामकृष्ण भट्टराई, बाबुराम बस्नेत, डा. डिला संग्रौलालगायत सहभागी थिए।

त्यस क्रममा उनले पार्टीलाई एकढिक्का र सुदृढ बनाउन फेरि एकपटक नेतृत्व लिनुपर्ने अवस्था आएको बताएका थिए। बैठकमा सहभागी एक नेताले सभापति देउवाको भनाइ उधृत गर्दै भने, ‘फेरि नेतृत्व लिनुपर्ने स्थिति आयो। म फेरि लड्छु।’ उनले लोकतन्त्र र संविधान रक्षाका लागि यो अवस्था आएको बताएका थिए।

प्रदेश २ को छलफलमा उपसभापति बिमलेन्द्र निधि, आनन्द ढुंगाना, जंगिलाल रायलगायत नेता सहभागी थिए। सभापति देउवाले सातै प्रदेशका आफू निकट नेतासँग छलफल गर्ने भएका छन्। केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सभापति देउवाले आफू निकटसँग आन्तरिक छलफल गरेको जानकारी दिए।

कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म निर्धारित छ। कोरोनाका कारण हुने÷नहुनेमा भने अधिकांश नेता नै सशंकित छन्। सभापतिका लागि यसपालि देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, उपसभापति बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायतले रुचि देखाएका छन्। देउवाका विश्वासपात्र निधिले पनि उम्मेदवारी दिने बताइरहेका छन्।

भर्खरको समाचार

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top