इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी विजयी

६ असार, एजेन्सी ।

इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी विजयी भएका छन् । तीन जना प्रतिस्पर्धीलाई हराउँदै रइसी इरानको १३ औं राष्ट्रपति बनेको बीबीसीले जनाएको छ । उनले ६२ प्रतिशत मत प्राप्त गरेका हुन् । रइसीले आउँदो अगस्ट महिनाको सुरुवातमा शपथ लिने बताइएको छ ।

इरानमा राष्ट्रपति सर्वोच्च नेतापछि दोस्रो वरीयतामा पर्छ । राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्त्वपूर्ण प्रभाव हुन्छ । तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ । रइसी अहिले इरानका प्रधानन्यायाधीश छन् र उनी अतिरूढिवादी विचार राख्छन् । रइसीविरुद्ध अमेरिकाको प्रतिबन्ध छ ।

राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न रइसी अमेरिकी सरकारले प्रतिबन्ध लगाएको पहिलो राष्ट्रपति बनेका छन् । रइसीको नेतृत्वमा इरानमा सामाजिक गतिविधिमा थप नियन्त्रण, महिलाका लागि कम स्वतन्त्रता र रोजगार, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा कडा नियन्त्रणसहित कट्टरपन्थी इस्लामिक सरकार गठन गर्ने कोसिस हुने ठानिएको छ ।

कट्टरपन्थीहरू पश्चिमा विश्वलाई शङ्काको दृष्टिले हेर्छन् । तर रइसी र सर्वोच्च नेता खामेनेई दुवै अन्तर्राष्ट्रिय परमाणु सम्झौतालाई बिउँताउनु पर्ने पक्षमा रहेको ठानिन्छ । सन् २०१५ मा हस्ताक्षर भएको सम्झौताले इरानलाई उसका परमाणु गतिविधिलाई सीमित गर्ने सर्तमा पश्चिमा प्रतिबन्धहरूबाट राहत दिएको थियो ।

इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण भएकोमा जोड दिँदै आएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा त्यस सम्झौताबाट अमेरिकापछि हट्ने निर्णय गरेर इरानमाथि पुनः व्यापार प्रतिबन्धहरू लगाउनुभएको छ ।

पश्चिमी प्रतिबन्धले इरानीहरूले आर्थिक कठिनाइको सामना गर्नुपरेको छ । सम्झौता अनुसार प्रतिबन्धित गरिएको आणविक कार्यलाई इरानले पुनः सुरु गरेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top