दाङ घोरदौरामा करोड बढीमा निर्माणाधीन खुल्ला नाचघरले बर्खा थेग्न सकेन

६ असार, काठमाडौं । एक करोडभन्दा बढीको लागतमा दाङको घोरदौरामा निर्माणाधीन खुल्ला नाचघरले बर्खा थेग्न नसकेर भत्किएको छ ।

सदरमुकाम घोराहीदेखि करिब ६ किलोमिटर उत्तर पूर्वमा रहेको घोरदौरा गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने निर्णयअनुसार दुई कोठे नाचघर र दर्शकदीर्घा बस्ने ठाउँ बनाइएको थियो ।

घोराही उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नं. १८ का अध्यक्ष भरत अर्यालले नाचघर भत्किएको जानकारी आफूलाई आएको बताए ।

‘निर्माणको क्रममै रहेको बेला हिजो (शनिबार) आएको पानीले ट्वाइलेटतिरको भाग भत्किएको सूचना मलाई आएको छ,’ अर्यालले भने, ‘आज दिउँसोतिर इन्जिनियरलाई लगेर हेर्न जाने तयारी गरिरहेको छु ।’

आफूलाई शौचालयतिरको भाग भत्किएको सूचना आएको बताउँदै अर्यालले क्षतिको विस्तृत विवरण आइनसकेको बताए । यद्यपि सामाजिक सन्जालमा सार्वजनिक भएका तस्वीरमा भने दर्शकदीर्घा बस्ने ठाउँ पनि भत्किएको देखिन्छ । वन कार्यालयको प्राविधिक सहयोगमा निर्माण थालिएको सो नाचघर ठेकदारले घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्न बाँकी छ ।

घोरदौराबाट हिमश्रृंखलासमेत देखिने भएकाले त्यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सोचअनुसार नाचघर बनाउने निर्णय गरिएको थियो । त्यसका लागि लुम्बिनी प्रदेश सरकारले १ करोड बजेट दिएको थियो । दोस्रोपटक पनि थप ६० लाख बजेट छुट्याइएको थियो।

नाचघर बनाउन भिरालो जमिनलाई डोजर प्रयोग गरेर मैदान बनाइएको थियो । नजिकै रहेको खाल्डोलाई जमिनको सतहसँग बराबर गर्नका लागि पर्खाल निर्माण गरिएको थियो । स्टेजमा ओतका लागि टिनको छानो र दर्शकदीर्घाका लागि ढुंगाको पेटी बनाइएको थियो । नाचघरको संरचना हेर्दा सामान्य लाग्छ । त्यसैले लागत अनुसारको संरचना नबनेको भन्दै कतिपयले प्रश्न उठाउँदै आएका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top