मध्य बानेश्वरमा विलमेन्द्र, प्रकाशमान र शंशाकबीच भेटवार्ता

६ असार ७८, सोमबार

७ असार, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा नेताहरुबीच भेटघाट तीव्र भएको छ ।

सोमबार दिउँसो महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंह पार्टी उपसभापति विमलेन्द्र निधिको निवासमा पुगेका छन्। निधिले आफ्नो वैवाहिक वर्षगाठको अवसर पारेर नेताहरुलाई निवासमा ‘लन्च’का लागि बोलाएका हुन् ।

Advertisement

निधि निवास मध्य वानेश्वरमा भएको भेटमा लन्चका साथै आसन्न महाधिवेशनका विषयमा पनि छलफल गरेका छन् । उनीहरुबीच दुई घण्टा लामो कुराकानी भएको बताइएको छ ।

कांग्रेसका संस्थापक वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र तीनै जना सभापतिका प्रत्याशी हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top