दुई वर्षभित्र कोरोनाविरुद्धको लडाइँ जित्छौँ : प्रधानमन्त्री ओली

७ असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको लडाइँलाई पराजित गर्ने बताएका छन् । सोमवार अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्नु हुँदै उहाँले बढीमा दुई वर्षभित्र कोरोनाविरुद्धको लडाइँ जित्ने बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ सङ्क्रमणको कारण योगको महत्त्व झनै बढेको बताएका छन् । उनले व्यक्तिलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउनका लागि र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि योगको आवश्यकता भएको औल्याउँदै जीवनलाई आशावादी बनाउन पनि योगको आवश्यकता रहेको उल्लेख गरे ।

उनले भने ,‘यति बेला योगको असाधारण महत्त्व छ । कोभिड–१९ बाट यति बेला व्यक्तिलाई स्वस्थ बनाउन, शारीरिक, मानसिक हिसाबले स्वस्थ राख्न, कुनै प्रकारले डिप्रेशनमा जान नदिन, मनोवैज्ञानिक उपचारदेखि लिएर शारीरिक उपचार, प्रतिरोधी क्षमताको विकास गर्न योग आवश्यक छ । आशावादी बनाउन, जीवनलाई वस्तुपरक ढङ्गले जीवनका रूपमा हेर्न र बुझ्न योग जरुरी छ ।’

प्रधानमन्त्री ओलीले नेपालको संस्कृति र सभ्यता पतनको बाटोमा रहेको भन्दै आउने पिढीलाई सभ्यता सिकाउनुपर्नेमा जोड दिनुभयो । असभ्यता बढको भन्दै त्यसलाई रोक्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘सांस्कृतिक पतन महामारीका रूपमा फैलिएको छ, यसमा हामीले हाम्रो सिङ्गै समाजलाई सम्झाउन सकेनौँ, हाम्रो नयाँ पिढीलाई सम्झाउन सकेनौँ, अरूको नक्कल गर्ने नाममा आफ्नो सभ्यता, मर्यादा सबै कुरा भुल्छौँ । अनुशासनहीन, अराजक बन्छौँ । कानुन तोड्नुलाई गर्वको विषय बनाउँछौँ । यो अनुचित कुरा हो । त्यसबाट देशलाई मुक्त गर्नुपर्छ ।’

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top