सर्वोच्च अदालतको आदेशविरुद्ध ओलीको पुनरावेदन परेसँगै एमाले एकता थप सङ्कटमा

७ असार, काठमाडौं ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि निवेदन दिएसँगै नेकपा एमालेको एकता थप सङ्कटमा परेको छ । यसअघि सर्वोच्च अदालतको आदेशले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली हुने गरेर अन्तरिम आदेश दिएको थियो ।

गएको जेठ २७ गते सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमाले सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो । महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने भन्दै चार संसदले अदालतमा उजुरी दिएपछि सर्वोच्चले महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर गरेको थियो ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासबाट भएको अन्तरिम आदेश बदर गर्न माग गर्दै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा निवेदन दिनुभएको हो । निवेदनमा नेकपा एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण भएकाले केन्द्रीय कमिटीको अधिकार प्रयोग गर्न बाधा नपर्ने दाबी गरिएको छ ।

ओली पक्ष ’भ्याकेट’मा गएसँगै असन्तुष्ट खनाल–नेपाल समूह थप सशङ्कित बनेका छन् । खनाल–नेपाल समूहका नेताहरूले यसलाई पार्टी एकता नगर्ने षडयन्त्रका रूपमा लिएका छन् । दुवै समूहका दोस्रो तहका नेताहरूबीच सहमति खोज्ने प्रयास भइरहँदा सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकनका लागि जानुले सहमतिको वातावरण बिथोलिएको उनीहरूको भनाइ छ ।

यद्यपि ओली समूहका नेताहरूले भने भ्याकेटमा गएकै आधारमा सहमतिको वातावरण नबिग्रिने बताउँदै आएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top