×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वैदेशिक रोजगारीमा जाने घटे

८ असार, काठमाडौं ।

कोरोनाको दोस्रो लहरका कारण पनि वैदेशिक रोजगारी जाने नेपाली कामदारको संख्यामा ठूलो कमी आएको छ । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न निषेधाज्ञा तथा अन्तरराष्ट्रिय नाका बन्द गरेपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको हो ।

Advertisement
Advertisement

कोरोना संक्रमणको पहिलो लहरमा पनि बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । २०७६ फागुन ३० देखि असार १८ गतेसम्म त सरकारले श्रम स्वीकृति दिन नै स्थगन गरेको थियो ।

त्यसपछि सरकारले श्रम स्वीकृति दिन शुरू गरेपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको थियो । अहिले कोरोनाको दोस्रो लहर शुरू भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या पुनः घटेको छ । गतवर्षको साउनदेखि नै वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दो थियो ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत साउनमा ३ हजार १५२ जना नेपाली वैदेशिक रोजगारमा गएका थिए । त्यसपछि वैदेशिक रोजगारमा जाने कामदारको संख्या निरन्तर बढ्दै गएको थियो । गत चैतमा आइपुग्दा ३२ हजार १४२ जना नेपाली वैदेशिक रोजगारमा गएका थिए ।

तर, वैशाख यता भने वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको छ । विभागका अनुसार गत वैशाखमा २४ हजार ३६३ जना नेपाली कामदार वैदेशिक रोजगारमा गएका छन् । जेठमा भने ४ हजार ८६ जना कामदार मात्र वैदेशिक रोजगारमा गएको विभागको तथ्यांक छ ।

Advertisement

कोरोनाको दोस्रो लहर शुरू भएपछि सरकारले गत वैशाख १६ गतेबाट निषेधाज्ञा लगाएको थियो । साथै, वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान पनि बन्द गरिएको थियो । यसरी अन्तरराष्ट्रिय उडान बन्द भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको हो ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top