जोखिममा मध्य भोटेकोसी

८ असार ७८, मंगलबार

८ असार, काठमाडौं ।

Advertisement

भोटेकोसी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको चाकुमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना जोखिममा परेको छ ।

चीनको स्वशासित क्षेत्रमा अविरल वर्षापछि भोटेकोसीमा बाढी आएको थियो । बाढीले आयोजना स्थलको बाँध र केही संरचनामा क्षति पुगेको आयोजनाले जनाएको छ । निर्माण सम्पन्न भइसकेको बाँध गत वर्षको बाढीले बगाएपछि पुनः बाँध बनाइएको थियो ।

Advertisement

पुनर्निर्माण भइरहेको बाँधलाई बाढीले बगाउने खतरा रहेको आयोजनाले जनाएको छ । भोटेकोसी बाढीले सो क्षेत्रका दर्जनभन्दा बढी जलविद्युत् आयोजना जोखिममा पारेको छ । बाढीले बर्सेनि आयोजनामा जोखिम बढाउँदै लगेको जलविद्युत् प्रवद्र्धक विष्णुबहादुर खत्रीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top