वाग्मती सरकारले प्राकृतिक प्रकोपमा परेका जिल्लालाई पाँच करोड दिने

८ असार, काठमाडौं ।

Advertisement

वाग्मती प्रदेश सरकारले प्रदेशभित्र प्राकृतिक प्रकोप परेका विभिन्न जिल्लामा रु पाँच करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने भएको हो ।

पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको विभिन्न बाढीका कारण सिर्जित कटान, पटान, डुबान, आवागमन अवरोधलगायतका पूर्वाधारहरूमा भएको क्षतिको तत्काल रोकथाम, नियन्त्रण र मर्मत गरी अवरुद्ध सेवा पुनः सञ्चालन गर्न जिल्ला विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोकलाई रु एक करोड उपलब्ध गराइने भएको छ ।

Advertisement

यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालायबाट मातहतका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमार्फत सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा आकस्मिक विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्न सिन्धुपाल्चोक, चितवन र रसुवाका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई रु ५०÷५० लाख दिने जनाइएको छ ।

यस्तै काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोटका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई रु २५÷२५ लाखका दरले दिने भएको छ ।

Advertisement

त्यसैगरी विपद् प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइसम्बन्धी प्रबन्ध गर्न सम्बन्धित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई तथा क्षति भएका सडक, पुल तथा अन्य अत्यावश्यक पूर्वाधार तत्काल मर्मत तथा निर्माण गर्न सम्बन्धित पूर्वाधार विकास कार्यालयहरूलाई समन्वयात्मक ढङ्गबाट उल्लेखित कार्य सम्पादन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने जनाएको छ ।

यही असार १ गते सिन्धुपाल्चोकमा आएको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन गर्न प्रदेश विपद् व्यवस्थापन कोषबाट रु १० लाख मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपलब्ध गराइने भएको छ ।

प्रतिष्ठानको व्यवस्थापनमा यही असार ९ गतेदेखि स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top