×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026
Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026

नेपाललाई कोरोनाविरुद्धको खोपः प्रतिबद्धता जनाए, सुनिश्चितता गरेनन्

१० असार २०७८

१० असार, काठमाडौं ।

कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् ।

Advertisement
Advertisement

बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले (कोभ्याक्स फ्यासिलिटी,खरिद प्रक्रिया र अनुदानमार्फत) खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन सकेको छैन । खोप उत्पादक राष्ट्रहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि सुनिश्चितता गर्न नसक्दा नेपालले कहिलेसम्म पाउने निश्चित छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस मसान्तसम्म आमनागरिकलाई खोप लगाइसक्ने प्रतिबद्धता जनाएका छन् । तर, सो प्रतिबद्धता कार्यान्वयनमा सकस देखिएको छ । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोपमा‘ब्रेक थ्रु’ हुने बताएका थिए । उनी आफंै मन्त्रीबाट हटिसकेका छन् ।

ज्ञवाली हटेपछि परराष्ट्रमन्त्री नियुक्ति भएका रघुवीर महासेठले एक सार्वजनिक कार्यक्रममा अमेरिकाको जोन्सन एन्ड जोन्सनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको बताएका थिए । तर, सो खोप आउने÷नआउने अन्योल छ ।

यस्तै,तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले पनि केही दिनमा खोपसम्बन्धी सुखद् समाचार आउने राजधानीलाई बताएका थिए । मन्त्रीबाट पदमुक्त भएपछि बुधबार उपलब्धि सार्वजनिक गर्दै निवर्तमान स्वास्थ्यमन्त्री तामाङले केही दिनमा नै खोप आउने सुनिश्चित भएको बताएका थिए । तर, खोप कहिले आउने कति मात्रामा आउने केही खुलाएका थिएनन् ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ४ अर्ब ८९ करोड रुपैयाँभित्र रहेर चीनबाट भेरोसिल खोप ल्याउने तयारी छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘४ अर्ब ८९ करोड रुपैयाँभित्र रहेर चीनबाट भेरोसिल खोप निकट भविष्यमा आउनेछ । सबै प्रक्रिया अघि बढेको छ ।’

चीनले नेपाललाई ४० लाख मात्रा भेरोसिल खोप चरणबद्ध रूपमा उपलब्ध गराउने बाचा दिएको छ । कोरोना संक्रमणको अचुक उपाय मानिएको खोप कहिले नेपाल भित्रिने ? अन्योलता छाउँदा खोप लगाउनबाट सर्वसाधारण वञ्चित हुनुपरेको छ ।

१३ लाख ५० हजार नागरिकले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएपनि १५ जेठभित्रै दोस्रो मात्रा लगाउनुपर्ने थियो । भारत सरकारले नेपालले खरिद गरेको १० लाख मात्रा उपलब्ध नगराउँदा ज्येष्ठ नागरिक दोस्रो मात्रा खोप लगाउनबाट वञ्चित हुनुपरेको हो । खोप विज्ञ डा.श्यामराज उप्रेतीले खोप जहिले आएपनि पहिलोमात्रा लगाएकालाई दोस्रोमात्राका रूपमा गणना हुने बताए ।

सरकारले क्रमिक रूपमा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । तर, अधिकांश नागरिकले खोप लगाउन नपाएकाले निषेधाज्ञा खुकुलो हुँदा थप जोखिम बढ्ने जनस्वास्थ्य विज्ञको आँकलन छ ।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन संक्रमणबाट बच्ने उपाय कोरोनाविरुद्धको खोप र जनस्वास्थ्यका मापदण्ड पूर्णतः कार्यान्वयन रहेको बताउँछन् ।

हालसम्म नेपालमा ४२ लाख ४८ हजार कोरोनाविरुद्धको खोप भित्रिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अनुमानित २६ लाख नागरिकले पहिलो मात्रा लगाएका छन् ।

सरकारले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ नागरिकलाई खोप लगाउने योजना बनाएको छ । अझै अनुमानित १ करोड ९० लाख नागरिकले खोप लगाउनै पाएका छैनन् ।

Advertisement

यो समाचार आजको राजधानी दैनिकमा छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top