संसदबाट प्रधानमन्त्री छानिने प्रणाली रहुञ्जेल बहुमतको सरकार बन्दैनः प्रधानमन्त्री

१० असार ७८, शुक्रबार

११ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट प्रधानमन्त्री छानिने प्रणाली रहुञ्जेल बहुमतको सरकार नबन्ने दाबी गरेका छन्।

नेपाल टेलिभिजनमा अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतामा राख्ने प्रबन्धमा संविधानमा पहिल्यै घुसाइएको पनि टिप्पणी गरे। ओलीले पाँच वर्ष स्थिर सरकारको कुरा जनता अलमल्याउनका लागि मात्र भएको दाबी छ।

पछिल्लोपटक सरकार प्रतिकूल आएका सर्वोच्चका फैसलाहरूलाई ओलीले सरकारलाई काम गर्न नदिने र असफल गर्ने खालको भएको ओलीको टिप्पणी छ। यस अगाडि पनि कामचलाउ सरकारले पटक–पटक मन्त्रिपरिषद विस्तार गरेको भन्दै प्रधानमन्त्री ओलीले त्यतिबेला अदालतले ढोकाबाट रिट दर्ता नगरी फर्काएको बताए।

‘बाढी पहिरोको यस्तो अवस्था छ, यस्तो अवस्थामा गृहमन्त्री छैन। कोभिड १९ को यस्तो महामारी छ, स्वास्थ्यमन्त्री छैन। अदालतले त जरुरी परेको बेला आवश्यकताको सिद्धान्त भनेर प्रतिपादन गर्छ।

बाढी पहिरोका बेला गृहमन्त्री आवश्यकताको सिद्धान्तभित्र पर्दछ कि पर्दैन, यस्तो महामारीका बेला स्वास्थ्यमन्त्री आवश्यकताको सिद्धान्त अन्तर्गत पर्छ कि पर्दैनरु प्रधानमन्त्री ओलीले भने, ‘अनि चार जना मन्त्री लिएर काम चल्ने भए न्यूनतम भनेर संविधानले २५ जनासम्मको मन्त्रिपरिषद् व्यवस्था गरेको छ।

न्यूनतम भनेको त्योभन्दा कम भए देश, मुलुक र सरकार चल्दैन भनेर भनिएको हो।’ प्रधानमन्त्री ओली अहिलेको लडाइँ संवैधानिक भन्दा पनि कसको नेतृत्वमा चुनावमा जाने भन्ने राजनीतिक भएको दाबी गरे।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top