एटीएम मेसिन तोडफोड गर्ने पक्राउ

एटीएम मेसिन तोडफोड गर्ने पक्राउ

११ असार, कञ्चनपुर ।
भीमदत्त नगरपालिका–४, महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआईसी एशिया बैंकमा जडान गरिएको एटीएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२, दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन् ।

बुधबार राति ८ः३० बजे जाँदा एटीएम मेसिन तोडफोड भएको अवस्थामा फेला परेको थियो । तत्कालै प्रहरीले बैंकमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको फुटेजका आधारमा ठकुल्लालाई पक्राउ गरेको हो ।

पक्राउ परेका ठकुल्लामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.