राष्ट्रपति महाभारतको धृतराष्ट्र जस्तैः सतीशकृष्ण खरेल

१३ असार, काठमाडौं ।
आइतबार प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइमा बहस गर्दै वरिष्ठ अधिवक्त सतीशकृष्ण खरेलले राष्ट्रपति विद्यादेवी भण्डारी महाभारतमा पुत्रको प्रेममा अन्धो भएका धृतराष्ट्र जस्तै भएको बताएका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको हस्ताक्षर मान्य या अमान्य प्रमाणित गर्ने अधिकार राष्ट्रपतिलाई नभइ संसदलाई भएको उनको तर्क थियो ।

उनले देउवाको पक्षमा सांसदले हस्ताक्षर लिएर जाँदा पनि स्वीकार नगर्ने राष्ट्रपतिले प्रधानमन्त्रीले भन्न नपाइ पूरा गर्ने गरेक बताए । देउवाको पक्षमा सांसदले हस्ताक्षर लिएर जाँदा पनि स्वीकार नगर्ने, केपी ओलीले भन्न पाएको छैन पूरा गरिहाल्नी ।

तिमी चिताउ म पुर्‍याउँछु भनेजस्तो, खरेलले भने, महाभारतमा धृतराष्ट्र पुत्रको प्रेममा अन्धो भएजस्तै हाम्रो राष्ट्रपति हुनुभयो । उनले प्रतिनिधिसभाका सदस्यले लिखित रूपमा समर्थन छ भनीसकेपछि विश्वासको मत पाउने आधार पुग्ने तर्क गरे ।

बहुमत सांसदले देउवालाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर हस्ताक्षर दिएका छन् । ७६(५) बमोजिम विश्वासको मत पाउनु पर्छ भन्ने आधार पेश गर्ने हो, खरेलले भने, लिखित रूपमा मेरो समर्थन छ शेरबाहदुर देउवालाई भनिसकेपछि त आधार त पुग्यो नी ।

ह्वीप नै जारी नभएको उल्लेख गर्दै खरेलले अहिले बहुमत सांसदले देउवाको पक्षमा हस्ताक्षर बुझाएको र यसको परीक्षण संसदमा हुने बताए । ह्वीप नै जारी भएको छैन । न ह्वीपको आधारमा भोटिङ भएको छ ।

अहिले त जम्मा बहुमत सांसदले देउवाको पक्षमा हस्ताक्षर बुझाएका हुन्, खरेलले भने, यसको परीक्षण संसदमा हुन्छ ।

खरेलले धारा ७६ को उपधारा ५ दलको नभइ सांसदको अधिकार भएकाले देउवाको दाबी भ्यालिड भएको बताए । ७६ (५) त दलको नभइ सांसदको अधिकार हो । यसकारण देउवाको दाबी भ्यालिड छ ।

दलले ह्वीप जारी गरेको अवस्थमा ह्वीपविपरीत गएर भोट हालेपछि मात्र भोट शून्य हुने हो । बहुदलीय व्यवस्था भन्दैमा सांसद पार्टीको बँधुवा मजदुर हुँदैन ।

खरेलले संविधानमा राष्ट्रपतिलाई लागेमा, ठानेमा नलेखिएको उल्लेख गरे । ७६(५) मा राष्ट्रपतिलाई लागेमा, ठानेमा भन्ने त लेखिएको छैन । त्यहाँ त विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री नियुक्त गर्ने भनिएको छ, खरेलले भने, त्यो उपधाराले बाध्यकारी रूपमा प्रधानमन्त्री बनाऊ भनेको हो ।

एक पटक उहाँले (राष्ट्रपतिले) संवैधानिक दायरा नघिसक्नु भएको छ । यो दोश्रो पटक हो । राष्ट्रपति र प्रधानमन्त्रीले आफूलाई सुधार्नु पर्छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top