×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

सात बुँदे सहमतिपछि पुनर्निर्माण प्राधिकरणका प्राविधिक काममा फर्किन तयार

१३ असार २०७८

१३ असार, काठमाडौं ।

विभिन्न माग राखी आन्दोलनरत राष्ट्रिय पुनर्निर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) अन्तर्गतका प्राविधिकहरू काममा फर्किने भएका छन् ।

Advertisement
Advertisement

आइतवार प्राधिकरण र प्राविधिकहरू बीच प्राविधिकहरूको माग पूरा गर्ने सम्बन्धमा सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएसँगै प्राविधिकहरू काममा फर्किने भएका हुन् ।

प्राधिकरण र प्राविधिकबीच सबै आन्दोलन आजकै मितिबाट टुङ्ग्याएर नियमित कामकाजमा फर्किने, प्राविधिकहरूले बुझाएको राजीनामा अस्वीकृत गर्ने, असार महिनाको पाउनुपर्ने सेवा, सुविधाहरू उपलब्ध गराउने सहमति भएको छ ।

प्राविधिकहरूले पाउनुपर्ने सञ्चार खर्च, यातायात खर्च र स्थानीय भत्ता चालु आर्थिक वर्ष २०७७÷०७८ को साउन महिनादेखि नै नियमअनुसार उपलब्ध गराइने भएको छ ।

त्यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुङ्गा अन्तर्गत रही कार्यरत इन्जिनियर राजा साहको कामकै क्रममा ज्यान गएकोमा साहको परिवारजनलाई बीमाको रकम उपलब्ध गराउन केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) ले पहल गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।

प्राधिकरण अन्तर्गत रही विभिन्न समयमा कामकाज गरेका कर्मचारीहरू (प्राविधिकहरू, सामाजिक परिचालकहरू, डकर्मीहरू समेत) को कार्य अनुभवसहितको विवरण रोस्टर तयार पारी अनलाइन पोर्टलमा राख्ने साथै त्यस रोस्टरलाई सम्बन्धित विभिन्न निकायमा आउँदा प्रयोजनका लागि प्राधिकरणले पठाउने र प्राविधिकहरूलाई आउँदा दिनमा अन्यत्र काम गर्दा आवश्यक पर्ने रिफ्रेसर तालिमको व्यवस्था प्राधिकरणले गर्ने सम्बन्धमा सहमति भएको हो ।

सहमति भएसँगै प्राविधिकहरू काममा परिचालित हुने र रोकिएको निजी आवासको सिफारिस गरेर तत्काल किस्ता पाउने गरी काम गर्ने तथा आउँदो कात्तिक मसान्तभित्र तेस्रो किस्ताको रकमका लागि निवेदन हाल्न सक्ने लक्ष्यका साथ काम गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले बताए ।

आन्दोलनरत प्राविधिकहरूले आफ्नो माग पूरा भएको बताएका छन् । आन्दोलनरत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) अन्तर्गतका प्राविधिकहरूका तर्फबाट अध्यक्ष अविनाश अमरले आफूहरूको माग पूरा भएको र आजैको मितिदेखि काममा खटिने बताए ।

Advertisement

पुनर्निर्माण प्राधिकरण अन्तर्गतका प्राविधिकहरू निकै लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top