नेदरल्याण्ड्सलाई २–० ले हराउँदै चेक रिपब्लिक युरो कप फुटबलको क्वार्टर फाइनलमा

नेदरल्याण्ड्सलाई २–० ले हराउँदै चेक रिपब्लिक युरो कप फुटबलको क्वार्टर फाइनलमा

१४ असार, काठमाडौं ।

चेक रिपब्लिक नेदरल्याण्ड्सलाई हराउँदै युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

हङ्गेरीमा गएराति भएको खेलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई २–० गोलले पराजित गरेको हो । चेक रिपब्लिकका टोमस होल्स र प्याट्रिक सिकले एक÷एक गोल गरे ।

खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्याण्डस् १० खेलाडीमा समेटिएको थियो ।

चेक रिपब्लिकका टोमसले खेलको ६८ औं मिनेटमा र सिकले ८० औं मिनेटमा गोल गरे । क्वार्टर फाइनलमा चेक रिपब्लिकले डेनमार्कसँग खेल्नेछ । डेनमार्क वेल्सलाई हराएर क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.