प्रदेश १ को सदन अवरोध

१३ असार ७८, सोमबार

१४ असार, विराटनगर ।

प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १४ औँ बैठक आज स्थगित भएको छ । निर्धारित समयअनुसार सञ्चालन हुन लागेको सभामा नेकपा (माओवादी केन्द्र)का सदस्यले उभिएर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले लगातार आसन ग्रहणका लागि अनुरोध गरेका थिए ।

सदन अवरुद्ध भएपछि आफ्ना कुरा राख्दै प्रदेशसभा सदस्य रामकुमार राईले भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा सम्बन्धित मन्त्री अम्बिरबाबु गुरुङले अमर्यादित, अशोभनीय र गैरजिम्मेवारीपूर्वक जवाफ दिएकाले उनले सदनमा माफी माग्नुपर्ने धारणा राखे।

Advertisement

सदस्य राईले आत्मालोचनासहित सदनमा सम्बोधन नगरेसम्म सदन लगातार अवरोध गर्ने जानकारी दिँदै प्रदेश सरकारले बजेट पुनः लेखन समिति बनाएर बजेट बनाउन लागेको कुरा सुत्रमा आएकाले यसको पनि जवाफ दिनुपर्ने माग गरे ।

सदनमा आर्थिक वर्ष २०७८÷७९ का लागि वार्षिक आय–व्ययको बजेट सार्वजनिक भइसकेपछि सरकारले असंवैधानिक तरिकाले बजेट बनाउन नहुने तर्क गर्दै उनले भने, “यदि बजेट नै बनाउनुपर्ने भएमा सदनमै छलफल गरेर बनाउनुपर्छ ।” प्रदेशसभाको अर्को बैठक मङ्गलबार मध्याह्न १२ः३० मा बस्ने भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top