×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

विदेशीको पहिलो आँखा अध्यागमनमै पर्छ, यसको सुधार गर्नुपर्छ : मन्त्री पौडेल

१४ असार २०७८

१४ असार, काठमाडौं ।

गृह मन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताएका छन् ।

Advertisement
Advertisement

सोमवार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाइ गरिएको भिसाको शुभारम्भ कार्यक्रममा बोल्दै गृह मन्त्री पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिए ।

अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका निम्ति कामको योजना बनाएर अघि बढ्नुपर्ने पनि उनले बताए । मन्त्री पौडेलले भने, ‘नेपाललाई विदेशीले चिन्ने पहिलो दृश्य अध्यागमन हो । एअरपोर्ट हो ।

हामीले यो भिसा प्रणालीमा त एक प्रकारको सुधार गरेका छौँ र अरू थप सुधार गर्दै जान्छौँ । साथै समग्र अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने आवश्यकता छ । हामीले गर्नुपर्ने कामका बारेमा योजना निर्माण गर्दै जाऔँ ।’

मन्त्री पौडेलले अध्यागमन प्रणालीलाई प्रभावकारी बनाउनका र यसको प्रतिष्ठालाई माथि उठाउनका निम्ति प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशनसमेत दिए ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले क्यू.आर. कोडसहितको नेपाली कोडबाट विदेशी नागरिकले विश्वको जुनसुकै ठाउँबाट पनि भिसाको लागि आवेदन दिन सक्ने बताए ।

उनले विदेशी नागरिकले विवरण नेपाली पोर्टमा राखिसकेपछि भिसामा चाहिने विवरण कन्भर्ट भएर भिसा स्टिकर छपाइ हुने र नयाँ भिसा स्टिकरमा प्रयोग भएको क्यू.आर. कोडले यात्रा गर्ने मानिसको गोप्य सूचना स्टोर गर्ने भएको हुनाले विश्वसनीय, भरपर्दो र अन्तर्राष्ट्रियस्तरमा तुलनायोग्य रहेको बताए ।

महानिर्देशक भट्टराईले भने, ‘हामीले जारी गरेको नयाँ भिसा स्टिकर सानो छ र यसले नेपाली विशेषता बोकेको छ । एउटा पासपोर्टको पेजमा तीन पटकसम्म भिसा लगाउने भनेको तीन वटा भिसा स्टिकर टाँस्न सकिने साइजमा निर्धारण गरिएको हुनाले यो मितव्ययी पनि छ ।

विद्युतीय भिसा लागू गर्नका लागि तयारी पूरा गरेका छौँ । अध्यागमन विभागले प्रयोग गरेको नेपाली पोर्टल नामक सूचना प्रणालीलाई त्योअनुसार स्तरोन्नति गरिएको छ ।’

Advertisement

अध्यागमन विभागको यो सेवाबाट पर्यटकले नेपालमा सहज रूपमा भिसा प्राप्त गर्न सक्ने र पर्यटन क्षेत्रको समेत विकास हुने महानिर्देशक भट्टराईले बताए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top