भारतको विषय निकालेपछि न्यायाधीशले सोधे – अदालतका कारण राजनीतिक अस्थिरता भएको हो ?

१५ असार ७८, मंगलबार
Share this
727shares

१५ असार, काठमाडौं ।

Advertisement

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको बहस आज पनि जारी छ ।

आज प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट बहस गरिरहेका छन् । आज बहसका क्रममा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अदालतका कारण राजनीतिक अस्थिरता भएको हो भन्दै प्रश्न गरेका छन् ।

Advertisement

नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई बहसको क्रममा खतिवडाले सो प्रश्न गरेका हुन् ।

‘नेपालमा २०५२ मा विघटन भयो अदालतले बदर ग¥यो। त्यसपछि पनि विघटन भए। स्थायित्व त कहिल्यै भएन।सरकार त पटक पटक परिवर्तन भयो। भारतमा विघटनले स्थायित्व ल्यायो तर हामी कहाँ अस्थिरता ल्याएको भन्ने कुरा कसरी हेर्ने हो यो सबै अस्थिरताको कारण अदालतको फैसला हो भन्ने ढंगबाट कुरा आयो। अदालतको फैसला मात्र कि अरु पनि कारण हुन् ?’ खतिवडाले सोधे ।

Advertisement

यसअघि पाण्डेयले भारत पनि संसद् पटक पटक विघटन भएका उदाहरण प्रस्तुत गर्दै विघटनले अस्थिरता ननिम्त्याउने तर्क गरेका थिए । ‘स्थिरताको कुरा गर्दा सरकारको कि संसद्को भनेर हेर्नुपर्ने हुन्छ, राम्रो दुवैको स्थिरता हो तर दुईमध्ये एक रोज्दा सरकारको स्थिरता रोज्नुपर्ने हुन्छ । किनभने संसद्को स्थिरताले विकास दिँदैन तर सरकारको स्थिरताले विकास र समृद्धि दिन्छ ।’ पाण्डेयले भने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top