एमाले बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग

१५ असार ७८, बुधबार

१६ असार, काठमाडौं ।
नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ ।

श्रेष्ठले मुलुकको संविधान, कानुन, आफ्नो हैसियत बिपरीत हर्कत गरेको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने माग उठेको हो। बैठकमा उनले राजीनामा नदिए ओली आफैले उनलाई मन्त्री पदबाट बर्खास्त गर्नु पर्ने माग समेत उठेको छ।

ओली निकट १२ जना दलित समुदायका महाधिवेशन आयोजक कमिटी सदस्यको प्रतिनिधित्व गर्दै सदस्य जगत विश्वकर्मा र बम बिकले मन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन्।

बैठकमा मन्त्री श्रेष्ठको गलत कार्यविरुद्ध आवाज उठाउने सामूहिक योजनामुताबिक सदस्य विश्वकर्मा र बिकले बोलेका थिए। आक्रोषित उनीहरुले श्रेष्ठबाट भएका हर्कत अस्वभनीय भएको भन्दै सिंगो पार्टी र सरकारप्रति प्रश्न उठेको बताए।

बैठकमा सदस्य विश्वकर्माले कम्युनिष्ट पार्टीको महत्वपूर्ण सदस्य, सरकारका मन्त्री श्रेष्ठले जातीय विभेदको आरोप लागेकी सरस्वती प्रधानमन्त्रीलाई लिफ्ट दिएर संविधानको धज्जी उडाएकाले तत्काल उनले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने नभए प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गर्नुपर्ने माग अघि सारेका थिए।

उनकै अनुसार उनले बैठकमा भनेका थिए, ‘संविधानको मर्म र व्यवस्थाविपरीत पार्टीका जिम्मेवार नेता र सरकारका मन्त्रीले जातीय विभेदको आरोप लागेकी महिलालाई किन लिफ्ट दिनु भएको हो? यसमा पहिले स्पष्टीकरण चाहिन्छ।

साथै उहाँले नैतिकताका आधारमा राजीनामा पनि दिनुपर्छ। उहाँले राजीनामा नदिने हो भने प्रधानमन्त्री ओली आफैले उहाँलाई बर्खास्त गर्नुपर्छ।’

आफैले कानुन बनाउने आफैले त्यसको उल्लंघन गर्न कसरी मिल्छ भन्ने प्रश्न विश्वकर्माले गरेका थिए। त्यसपछि बैठकमा बम बिकले पनि श्रेष्ठको हर्कतविरुद्ध बोलेका थिए। उनले भने, ‘सरकारका मन्त्रीले यस्तो कार्य गर्न पाइदैन।

मन्त्रीज्यूले आमरुपमा माफी माग्नुपर्छ। आत्मालोचना गर्नुपर्छ। यसमा सरकार र पार्टी दुबै बोल्न पर्छ।’ जबाफमा प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठको गल्ती औँल्याए।

तर साथसाथै उनको बचाउमा पनि उत्रिएका थिए। ओलीले भने,‘उहाँ (मन्त्री श्रेष्ठ) नजानु पर्थ्यो। त्यस्तो काम नगर्नुपर्थ्यो। उहाँले आत्मालोचना गर्नुपर्छ। यसमा उहाँले यसबारे थप बताउनुपर्छ।’

प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रीपरिषद् बैठकमा पनि यसबारे आफूले मन्त्री श्रेष्ठसँग स्पष्टीकरण लिएको बैठकमा सुनाएका थिए। ओलीले भने,‘ मैले हिजो क्याबिनेट बैठकमै यो गलत भयो भनेको थिएँ।

आज पार्टीका साथीहरुले पनि कुरा उठाउनु भएको छ। यसबारे हाम्रो थप छलफल हुनेछ।’ सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो ।

३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा राखेर घर पुर्‍याएका थिए । मन्त्री श्रेष्ठको उक्त कार्यको सर्वत्र विरोध भइरहेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top