केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेबारे एमालेको खनाल–नेपाल समूह अलमलमा

१७ असार, काठमाडौं ।

नेकपा एमालेको खनाल–नेपाल समूहका नेताहरु भोलिका लागि डाकिएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने या नहुने भन्नेबारेमा अलमलमा परेका छन् ।

दशौं महाधिवेशन आयोजक कमिटी अवैध रहेकोले त्यो कमिटीको निर्णय अनुसार बैठक बोलाइएकोले बैठकमा सहभागी हुने या नहुने भन्नेबारे अहिले नै भन्न नसकिने खनाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

Advertisement

यस्तै दशौं महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयको कुनै तुक नरहेकोले यसबारे अहिले नै भन्न नसकिने नेता गोकर्ण विष्टले बताए । हिजो बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

यस्तै बैठकले भोलिका लागि केन्द्रीय कमिटी बैठक आह्वानसमेत गरेको छ । केन्द्रीय कमिटीलाई माओवादी केन्द्रबाट आएका ४ जना थपेर २६१ सदस्यीय बनाइएको छ । महाधिवेशन आयोजक कमिटी भङ्ग भएसँगै खनाल–नेपाल समूहमाथि लगाइएको कारबाही पनि खारेज भएको छ ।

तर, खनाल–नेपाल समूहले भने हिजोको निर्णयलाई अर्को जालझेल र अलमल्याउने निर्णयका रुपमा बुझेका छन् । यसबारे खनाल–नेपाल समूहका नेताहरु औपचारिक र अनौपचारिक छलफलमा जुट्दै छन् । हिजोदेखि नै अनौपचारिक छलफलमा जुटेका उनीहरुले आज औपचारिक छलफल गर्दै छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top