राष्ट्रपति भण्डारीले राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रपति भण्डारीले राष्ट्रियसभामा सम्बोधन गर्ने

१७ असार, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने भएकी छन्।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समिति बैठकमा सो जानकारी दिएका हुन्। यद्यपी, मिति टुङ्गो भने लागेको छैन ।

राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन रहे पनि प्रतिनिधिसभा विघटन भएकाले यो वर्ष उनले संसदमा सम्बोधन गरेकी छैनन् ।

संविधानको धारा ९५ मा राष्ट्रपतिले संसदमा सम्बोधन गर्न सक्ने प्रावधान राखिएको छ। संसद सचिवालयले राष्ट्रपतिको सम्बोधनका लागि सिटहरूको व्यवस्थापन गरिसकेको जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.