ओलीले लोकतन्त्र, संविधान र संवैधानिक संरचना ध्वस्त बनाइरहेका छन् : विपक्षी

१७ असार, काठमाडौं ।

राष्ट्रिय सभाको आठौँ अधिवेशन बिहीवार (आज) देखि सुरु भएको छ । प्रतिनिधि सभा दोस्रो पटक विघटन भएको अवस्थामा माथिल्लो सदन अर्थात् राष्ट्रिय सभाको आठौँ अधिवेशन आजदेखि सुरु भएको हो ।

आजको बैठकमा सरकार पक्ष विपक्षी दलका नेताहरूले धारणा राखेका छन् । विपक्षी दलका नेताहरूले केपी शर्मा ओलीको सरकारले लोकतन्त्र, संविधान र संवैधानिक संरचना ध्वस्त बनाइरहेको बताएका छन् ।

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले ओलीले संविधान असफल बनाउन अध्यादेशमार्फत राज गरिरहेको आरोप लगाए । तीन वर्षमा ओली सरकारले व्यापारी पोस्न निकुञ्ज मास्नेदेखि सरकारी जमिन कौडीका भाउमा दिएको, भ्रष्टाचारलाई संरक्षण गरेको, सङ्घीयता असफल बनाउन प्रदेश र पालिकालाई दिएको अधिकार खोसेर लडाइँ गरिहेको लगायतका आरोप लगाए ।

संवैधानिक आयोगमा नियुक्तिको प्रक्रिया मिच्दै कार्यकर्ता भर्ना गरेर आयोगहरूलाई नै कमजोर बनाउने प्रयास भएको नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य अधिकारीको भनाइ छ ।

यस्तै माओवादी केन्द्रका सदस्य दिनानाथ शर्माले राजाहरूले पनि संविधान मिच्ने आँट नगरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले आफूलाई संविधानभन्दा माथि राखेर संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको बताए ।

ओलीको प्रतिगमन अहिलेको सवैभन्दा ठूलो सङ्कट रहेको भन्दै शर्माले ओलीलाई कसले कहाँबाट चलाइरहेको छ भन्दै प्रश्न गरे । भारतलाई खुसी पार्न चुरे बेच्ने सम्मको काम ओलीले गर्न लागेको दिनानाथ शर्माले आरोप लगाए ।

सत्तापक्षका सदस्यहरूले भने ओलीका कदमको बचाउ गरेका छन् । अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरू पेस गर्नुपर्ने नियमावलीको व्यवस्थाअनुसार आज अध्यादेशहरू पेस हुँदैछन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top