युरोकपको क्वार्टरफाइनल आजबाट, यी ४ टोलीबिच हुँदैछ भिडन्त

युरोकपको क्वार्टरफाइनल आजबाट, यी ४ टोलीबिच हुँदैछ भिडन्त

१८ असार, काठमाडौँ ।

जारी १६औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनल खेल आज शुक्रबारबाट सुरु हुँदैछ ।

क्वार्टरफाइनल अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा स्विजरल्याण्ड र स्पेन भिड्दै छन् । रसियाको गाजप्रोम एरेनामा हुने स्विजरल्याण्ड र स्पेनबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम चारमा पुग्न चाहन्छन् ।

स्विजरल्याण्ड नक आउट चरणमा साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । स्विजरल्याण्ड उत्कृष्ट लयमा रहेको छ ।

यता, स्पेनले पनि नक आउट चरणमा क्रोएसियामाथि रोमान्चक जित हात पार्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । स्पेनले क्रोएसियालाई ५–३ गोल अन्तरले हराएको थियो ।

युवा खेलाडीको बाहुल्यता रहेको दुवै टिम अहिलेसम्म २२ पटक आमुनेसामुने भएका छन् । जसमा स्पेन १६ पटक विजयी भएको थियो भने स्विजरल्याण्ड १ पटक विजयी भएको थियो । ५ खेल बराबरीमा रोकिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.