अभिरल वर्षाका कारण पर्सा जिल्लाको शहरी तथा ग्रामीण भेग डुवानमा

१७ असार ७८, शुक्रबार

१८ असार, पर्सा ।

एक साता देखि परिरहेको अभिरल वर्षाका कारण पर्सा जिल्लाको शहरी तथा ग्रामीण भेग डुवान मा परेको छ ।

श्रीसिया खोलामा आएको बाढीले महानगरका थुप्रै वडा डुबानमा परेका छन्। निरन्तरको वर्षाले श्रीसिया खोलामा बुधवारदेखि पानीको सतह बढी वडा नं १, २, १०, ११, १३, २२, २५ वडाका छपकैया, आदर्शनगर, रानीघाट, श्रीपुर, अशोकवाटिका, नयाँबस्ती, राधेमाई टोलका केही बस्ती डुबानमा परेका छन्।

Advertisement

पानीको बहाव बढेर अशोकवाटिकाबाट ज्योतिनगर जाने पक्की पुलसम्म पानी बढेको जिल्ला प्रशासन कार्यालय, पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए। उनले श्रीसियामा हिजोदेखि पानीको बहाव बढेको र पुललाई क्षति नहोस् भनेर सतर्कता अपनाइएको बताए। आज पनि सो स्थलमा प्रहरी प्रशासनको टोली पुगेर अनुगमन गरेको थियो।

पर्सा जिल्लाको सदरमुकाम वीरगंज बाट ३५ किलोमिटर भित्र रहेको छिपहरमाई गाउँ पालिकामा पनि छति पुगेको देखिन्छ । ओरिया नदीमा आएको बाढीले छिपहरमाई, पकाहामैनपुर गाउँपालिकामा ठूलो क्षति गरेको छ। छिपहरमाई गापाको भिस्वा, जयमङ्गलापुर, भिस्वा–सबैठवा, भिस्वा–टिउकी जाने सडकखण्डमा कतै डुबान छ भने कतिपय ठाउँमा कटान भएको छ, जसले गर्दा सडक सम्पर्क विच्छेद भएको छ।

यसैगरी, पकाहामैनपुर गापाको धोबियाटोल, खेस्राहा, सबैठवा गाउँका खेत जलमग्न छन्। यो वषाले धानबालीलाई ठूलो क्षति पुगेको छ। भरखरै रोपाइँ गरेको धानबाली जलमग्न भएका छन्। सयौं बिघा खेत डुबानमा परेको स्थानीयले बताएका छन्। सम्भौता, भिस्वा, तुलसीबर्वामा खेत जलमग्न भएर बाढीको पानी गाउँ पस्ने खतरा बढेको छ।

सीमावर्ती भारतको सिकटामा रहेको एसएसबीको क्याम्प पनि डुबानमा परेको छ। त्यहाँका सामानलाई एसएसबीले अन्यत्र सारेको छ। ओरिया खोलाको कारण कालिकामाई गापा–५ सिमरटोलामा भर्खरै बनाइएको ढलान सडकलाई क्षति पुगेको छ। एक ठाउँमा ढलान सडकको बीच भाग नै कटान भएर अहिले सो बाटोमा आवतजावत ठप्प भएको छ।

त्यसै गरि पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकाको वडा नं ३ वसन्तपुर, वडा नं ८, ९, १० धुतहा खोलाको बाढीले प्रभावित भएका छन्। यी वडाका खेतमा बाढीको पानीले क्षति पु–याएको छ।

थोरै मात्र किसानले धान रोपाइँ गरेको कारण यहाँ धानबालीलाई खासै क्षति पुगेको छैन तर खेत जलमग्न छ। जगरनाथपुर गापाको सुपुर पूर्ण डुबानमा छ। सडक कटान भएको छ र झोलुङ्गे पुल जाने बाटो अवरुद्ध भएको छ। सिकटा नदीको बाढीले मधुवाहा, झकरा मसिहानीका खेत र बस्ती डुबानमा परेका छन्।

विन्ध्यवासिनी गाउपालिका –५ रामनगरी, गर्दौल अन्तर्गतको उत्तरतर्फ डुबान छ। ढङ्गरी खोलामा आएको बाढीले यो क्षेत्र प्रभावित भएको हो।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top