बालुवाटारमा एमाले बैठक सुरुः बामदेव सहभागी, माधव पक्ष गएन

बालुवाटारमा एमाले बैठक सुरुः बामदेव सहभागी, माधव पक्ष गएन

१८ असार, काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

आजको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको छैन । तर, उपाध्यक्ष गौतम भने बैठकमा सहभागी भएका छन् । बिहीबार राति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माधव नेपालसँग टेलिफोन कुराकानी गरेका थिए ।

टेलिफोन गरेर बैठकमा सहभागी हुन नेता नेपाललाई ओलीले आग्रह गरेका थिए । तर, नेपालले ओलीको आग्रह अस्वीकार गरे । माधव नेपाल समूहले बिहीबार नै आज बस्ने बैठकमा सहभागी नहुने निर्णय गरिसकेको थियो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार माधव नेपाल समूहलाई पानि बैठकमा सहभागी गराउनका लागि ओलीले प्रयास गरेका हुन् । यद्यपी बैठकमा नेपाल पक्षलाई पनि सहभागी गराउने ओलीको प्रयास भने सफल भएन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.