माधव नेपालले गल्ती गर्नुभएको हो : वामदेव गौतम

१८ असार, काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपालले गल्ती गरेको बताएका छन् । विपक्षी दल नोपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर नेता नेपालले गल्ती गरेको गौतमले बताएका हुन् ।

‘माधव नेपालको ठाउँमा म भएको भए पार्टीमा राजीनामा गरेर मात्र शेरबहादुरको लागि सही गर्थें । उहाँले गल्ती गर्नुभएको हो, तर माधवलाई जसरी पनि पार्टीमा ल्याउँनुपर्छ । त्यसका लागि पार्टी अध्यक्षले संयमता अपनाउनुपर्छ । पार्टी एकता अपरिहार्य आवश्यकता हो ।’ गौतमले बालुवाटार बैठकमा भने ।

Advertisement

गौतमले एमाले आधा–आधा विभाजित रहेकोले बताउँदै नमिलाउने हो भने सबै सिद्धिने बताए ।

‘हिजो निर्वाचन हुँदा माधव कमरेडका जम्मा ९ जना कम थिए, अहिले पनि अवस्था उस्तै छ। एमाले आधा(आधा विभाजित छ।’ गौतमले भने, ‘वार्ता कमिटी बनाएपछि बीचैमा छाड्नुहुन्न। सार्थक निष्कर्षमा पुर्याउनुपर्छ। अन्यथा हामी सबै समाप्त हुन्छौं,’

गौतमले मुख्य नेतालाई अपमान गरेर एकता नहुने बताए। ‘मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किन्छ। मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन। हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ,’ गौतमले भने।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top