सरकारी पक्षको बहस सकियो, सभामुखका कानुन व्यवसायीलाई दुई घण्टा समय

सरकारी पक्षको बहस सकियो, सभामुखका कानुन व्यवसायीलाई दुई घण्टा समय

१८ असार, काठमाडौं ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा विपक्षी सरकारी पक्षको बहस आज सकिएको छ ।

महान्यायाधिवक्तासहित ११ सरकारी वकिल र २१ प्रधानमन्त्रीका निजी वकिलसहित ३२ जनाले प्रतिनिधिसभा विघटनका पक्षमा बहस गरेका छन् ।

बहस गरेका सबै कानुन व्यवसायीले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीले गरेको कामको बचाउ गरेका छन् । संसद विघटन संवैधानिक भएको उनीहरुको दावी छ ।

अब प्रतिनिधि सभा विघटन मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस गर्नेछन् । उनीहरुलाई दुई घण्टा समय दिइएको छ । यसअघि उनीहरूलाई डेढ घण्टा समय दिने भनिएको थियो। तर, समय नपुग्ने भन्दै थप गर्न माग गरेपछि समय थपिएको हो ।

सभामुखका तर्फबाट उपेन्द्रकेशरी न्यौपाने, लव मैनाली, श्याम खरेल मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.