देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन ओलीको निर्देशन

१८ असार, काठमाडौं ।

Advertisement

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमाले सांसदहरुलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन् ।

आज बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले यही असार २० गतेभित्र देउवालाई दिएको समर्थन फिर्ता लिन उनीहरुलाई निर्देशन दिएका हुन् ।

Advertisement

नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउने गरी सर्वोच्च अदालतमा दायर मुद्दामा हस्ताक्षर गरेका छन्।

बैठकमा महासचिव ईश्वर पोखरेलले आफ्ना सांसदहरुलाई दुई दिनभित्र देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता गर्न निर्देशन दिने प्रस्ताव राखेका थिए । सोही अनुसार प्रस्ताव पारित गर्दै निर्देशन दिइएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top