कोशी ब्यारेजमा रातो बत्ती बल्यो, २९ ढोका खुला

१९ असार, विराटनगर ।
आज कोशी, नारायणी‚ कन्काई, कमला नदीमा पानीको बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी ब्यारेजमा शनिबार बिहान ८ बजे २ लाख २२ हजार ७७५ क्युसेक पानीको बहाव मापन गरिएको छ।

यो यस वर्षकै उच्च हो। पानीको बहाव उच्च भयसँगै खतराको जनाउ दिने झन्डा राखिनुको साथै रातो बत्ती बालिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। अहिले ब्यारेजको ५६ ढोकामध्ये २९ ढोका खुला गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती, पूर्वी राप्तीलगायतमा नदी तथा खोलामा पानीको बहाब बढ्दो हुने र खतरा तह आसपास रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

शनिबार बिहानको मापन अनुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाप सामान्य रहेको छ। नारायणी र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा रहे पनि अहिले बहाव सतर्कता तहभन्दा तल रहेको छ।

नारायणीका सहायक नदी मर्स्याङ्दी, बिमलनगर र पूर्वी राप्ती, रजैयामा जलसतहले सतर्कता तह पार गरेको तर घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ।

यस्तै‚ कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहने महाशाखाले जनाएको छ। भोटेकोशी, तामाकोशी, दुधकोशी, सुनकोशीलगायत कोशीका सहायक नदीहरु तथा नारायणी र यसका सहायक नदीहरु त्रिशुली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायतमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको छ।

पश्चिम राप्ती, बबईमा बहाब सामान्य रहने, कनकाई र कमला जलाधारका स–सना सहायक नदीहरुमा बहाव बढ्ने र सतर्कता आसपास पुग्न सक्ने तथा बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरुमा मध्यम देखि भारी वर्षा भई बहाब बढ्ने र खतरा तह आसपास रहने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज प्रदेश १ का इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पाँचथर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, खोटाङ, भोजपुर र ताप्लेजुङ भई बग्ने स-साना नदीजलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव आई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेको छ।

यी जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यस्तै‚ प्रदेश २ का बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, बागमती प्रदेशको काठमाडौं, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, रसुवा भएर बग्ने नदी तथा खोलामा पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्गजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर, लुम्बिनी प्रदेशको रुपन्देही, परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, भई बग्ने स-साना नदीजलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव आई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेको छ।

यी जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top