पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु

पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु

१९ असार, गोरखा ।
पहिरोले घर पुरिंदा गोरखाको सिरानचोक गाउँपालिका–७ मा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन् । गाउँपालिका अध्यक्ष राजु गुरुङले आज बिहान १० बजेतिर शव बाहिर निकालिएको जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.