अमेरिकी कम्पनीहरूमा ‘भीषण’ साइबर हमला

१८ असार ७८, शनिबार

१९ असार, बीबीसी ।
संयुक्त राज्य अमेरिकामा एउटा शक्तिशाली साइबर हमला हुँदा करिब २०० वटा व्यवसायहरू प्रभावित भएका छन्।

साइबर सुरक्षा कम्पनी हन्ट्रेस ल्याब्सका अनुसार ह्याकरहरूले मायामिमा मुख्यालय रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएका थिए।

त्यसपछि उक्त फर्मको कर्पोरेट सफ्टवेयर प्रणालीबाट उक्त र्‍यानसमवेअर आक्रमण फैलिएको थियो। कसेयाले भीएसए नामक आफ्नो प्रविधिमा सम्भावित आक्रमण भएको हुनसक्ने भन्दै त्यसको अनुसन्धान गरिरहेको जनाएको छ।

उसले आफ्ना ग्राहकहरूलाई आफ्ना सर्भरहरू बन्द गर्न पनि भनेको छ।

कसले गरायो आक्रमण

रुसबाट उत्पत्ति भएको फिरौती उठाउने साइबर हमलाकारीहरूको समूह रीभीलले उक्त आक्रमण गराएको हुनसक्ने विश्वास हन्ट्रेस ल्याब्सको छ।

यसअघि उक्त समूहले मासु प्याकिङ गर्ने प्रणालीलाई ठप्प पारिदिएको आरोप अमेरिकी अनुसन्धान निकाय एफबीआइले लगाएको थियो।

स्वतन्त्रता दिवसको सप्ताहन्तमा आफ्ना व्यवसाय बन्द गर्नका लागि अमेरिकी कम्पनीहरूले तयारी गरिरहँदा शुक्रवार अपराह्न यो आक्रमण भएको हो।

अमेरिकाको साइबर सुरक्षा र पूर्वाधार एजेन्सीले एउटा विज्ञप्तिमा उक्त हमलालाई सम्बोधन गर्न कदम चालिरहेको जनाएको छ।

कसेयाले आफ्नो कर्पोरेट सर्भर, डेस्कटप कम्प्युटर वा नेटवर्क उपकरण सञ्चालन गर्ने एउटा एपमा ह्याकरहरूले पहुँच कायम गरेको हुनसक्ने जनाएको छ।

उसले सानो सङ्ख्यामा कम्पनीहरू प्रभावित भएको बताएपनि हन्ट्रेस ल्याब्सले उक्त सङ्ख्या २०० पुगिसकेको र बढ्ने उल्लेख गरेको छ। अहिले नै कुन कुन कम्पनी प्रभावित भए स्पष्ट भइसकेको छैन्।

बीबीसीले सम्पर्क गर्दा कसेयाका प्रतिनिधिले विवरण दिन अस्वीकार गरेका छन्। कसेयाको वेबसाइटका अनुसार उक्त कम्पनीको उपस्थिति १० वटा देशमा छ र उसका १० हजारभन्दा बढी ग्राहक छन्।

रुस अमेरिका साइबर तनाव

रोयर्टस समचार संस्थालाई इमेलमा जवाफ दिँदै हन्ट्रेस ल्याब्सका वरिष्ठ सुरक्षा अनुसन्धानकर्ता जन हेमन्डले उक्त साइबर हमला भीषण भएको बताए।

जिनिभामा अघिल्लो महिना भएको शिखर बैठकपछि अमेरिकी राष्ट्रपति जो बाइडनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई त्यस्ता साइबर आक्रमण नियन्त्रण गर्नु उनको जिम्मेवारी भएको आफूले बताएको जानकारी दिएका थिए।

बाइडनले साइबर हमला गर्न नहुने ऊर्जादेखि पानीसम्म पूर्वाधारका १६ वटा क्षेत्रको सूची आफूले पुटिनलाई दिएको बताएका थिए।

अहिले आक्रमणमा संलग्न भएको ठानिएको रीभील विश्वको सबैभन्दा चतुर र नाफा कमाउने साइबर अपराधीहरूको समूह हो।

सोडीनोकीबी पनि भनेर चिनिने उक्त समूहले गएको मे महिनामा विश्वको सबैभन्दा ठूलो मासु आपूर्तिकर्ता जेबीएसको सञ्चालन ठप्प हुने गरी साइबर आक्रमण गरेको थियो।

उक्त समूहले आफ्ना माग पूरा नगर्ने कम्पनीहरूका चोरिएका दस्ताबेज ह्यापी ब्लग भनिने उसको वेबसाइटमा राखिदिने चेतावनी पनि दिने गर्छ।

सन् २०१९ मा टेक्ससका दुई दर्जन स्थानीय सरकारहरूमा भएका सङ्गठित साइबर हमलाहरूका लागि पनि रीभील जिम्मेवार रहेको बताइन्छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top