आफ्नै १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ

आफ्नै १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ

१९ असार, काठमाडौं ।

आफ्नै छोरीलाई यौन दुर्व्यवहार गर्ने एकजना भक्तपुरबाट पक्राउ परेका छन् ।

१५ वर्षकी छोरीलाई पटक पटक यौन दुर्व्यवहार गरेको आरोपमा चाँगुनारायण नगरपालिका ८ सुडालका ३१ वर्षका एक व्यक्ति पक्राउ परेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गएको जेठको २ र १० गते घरमा कोही नभएको मौका पारी संवेदनशील अंगमा छोएको र त्यसपछि पनि एकान्त ठाउँ पाउँदा विभिन्न अंगमा छुने, कपडा खोलिदिने लगायतका हर्कत गरेको भन्दै छोरीले उजुरी दिएको र त्यसकै आधारमा बुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई बाल यौन दुरुपयोग कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.