मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुलाउने तयारी, बाढी पहिरोले १५ ठाउँको सडक बन्द

१८ असार ७८, शनिबार

१९ असार, काठमाडौं ।

बाढी र पहिरोका कारण देशभरका १५ वटा सडक पूर्ण रुपमा बन्द भएका छन् । मनसुन शुरु भएपछि एक सय एक वटा सडक बन्द भएकोमा २९ वटा पूर्ण रुपमा र ५७ वटा एकतर्फी सञ्चालनमा ल्याएको सडक विभागले जनाएको छ ।

तीन दिनदेखि कहिले बन्द हुने र कहिले खुल्ने भइरहेको मुग्लिन नारायणगढ सडक अहिले एकतर्फी खुलेको छ । १२ ठाउँमा गएको पहिरो पन्छाएर सडक खुलाइएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनालले जानकारी दिए ।

सडक बन्द हुँदा चितवनको भरतपुरदेखि मुग्लिनसम्म गाडीको जाम रहेको र विस्तारै खुलाउने काम भइरहेकोे उनले बताए । उनका अनुसार बेलुकी पाँच बजेसम्म सडक दुईतर्फी नै खुलाउने तयारी छ ।

यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ क्षेत्रमा ठाउँ ठाउँमा पहिरोले सडकमा अवरोध पुर्याएको छ भने केही ठाउँमा डाइभर्सन पनि बगाएको छ । अहिले बर्दघाट पश्चिम र नवलपरासी पूर्वका केही ठाउँका अवरोध हटाएर कतै एकतर्फी र कतै दुईतर्फी नै गाडी चलेका छन् । यस्तै मनाङको तिमाङ छहरामा पहिरो गएर जेठ ३१ गतेदेखि बन्द रहेको सडक अझै खुलेको छैन ।

यस्तै सिन्धुपाल्चोकको लिपिङ पुल, मनाङको तिमाङखोला, धारापानी र वगरछाप, लमजुङको रामबजार, अर्खले र च्याम्चेको सडक असार तीन गतेदेखि बन्द छ । रसुवाको त्रिसुलीखोला, सानो भार्खुखोला र बार्खुमा असार चार गतेदेखि सडक बन्द छ ।

सिन्धुपाल्चोकको कोदारीमा असार ५ गतेदेखि सडक बन्द छ । यस्तै मकवानपुरको जितपुर, लामिडाँडा र बगुवामा पनि अस्ति बिहिबार देखि नै सडक बन्द रहेको सडक विभागले जनाएको छ ।

सडकमा झरेको पहिरो पन्छाउन, भत्किएको सडकमा अस्थायी संरचना बनाई तत्काल संचालन गर्न तथा अन्य मर्मतका लागि उपकरणसहित कामदारहरु तयारी अवस्थामा राखेको र सकेसम्म चाँडै सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top