ओली र नेपालबीच टेलिफोन कुराकानी

ओली र नेपालबीच टेलिफोन कुराकानी

१९ असार, काठमाडौं ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन कुराकानी भएको छ। शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको हो ।

उनीहरूबीच अहिलेको पार्टीको राजनीतिक विषयमा कुराकानी भएको स्रोतले बतायो । यसअघि बिहीबार राति पनि दुई नेताबीच छलफल भएको थियो ।

नेता नेपाल केन्द्रीय कमिटीको बैठक रोक्दै प्याकेजमा नै सहमति गर्नुपर्ने अडानमा छन् ।

ओलीले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी १८ असारमा केन्द्रीय कमिटी बैठक राखेका थिए । उक्त बैठकबाट ओलीले सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको चेतावनी दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.